निजी अस्पताल सेवामा लगाइएको तीन प्रतिशत स्वास्थ्य शुल्क फिर्ता लिन चिकित्सक संघको आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १६, शनिबार २०:३७

काठमाडौं — नेपाल चिकित्सक संघले निजी अस्पतालमा उपचार गराउने बिरामीबाट स्वास्थ्य समता शुल्कका नाममा ३ प्रतिशत कर असुल्ने निर्णयप्रति आपत्ति जनाएको छ।


संघले जारी गरेको विज्ञप्तिमा यस्तो शुल्कले उपचारका लागि अस्पताल पुग्ने सेवाग्राहीमाथि अतिरिक्त आर्थिक बोझ थपिने र स्वास्थ्य सेवामा पहुँच झन् कठिन बन्न सक्ने उल्लेख गरिएको छ। बिरामीले उपचार खर्चसँगै थप कर तिर्नुपर्ने अवस्था सिर्जना हुनु अनुचित भएको संघको भनाइ छ।


संघका अनुसार यसअघि पनि यस्तै प्रकृतिको कर व्यवस्था लागू हुँदा विरोधपछि फिर्ता गरिएको थियो। त्यसैले अहिलेको निर्णय पुनर्विचार गरी तत्काल रद्द गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।


स्वास्थ्य सेवा लिने नागरिकलाई थप आर्थिक भार पर्ने कुनै पनि व्यवस्था स्वीकार्य नहुने भन्दै संघले उक्त प्रावधान शीघ्र खारेज गर्न माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *