
हेटौंडा । नेपाली कांग्रेसमा गठबन्धनको विषयमा विवाद भैरहेका बेला नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले भने कुनै पनि हालतमा चार दलबीच गठबन्धन हुने बताउनु भएको छ । नेपाली कांग्रेस विदुर नगरसमितिको आयोजनामा भएको घर घर जाऊ कांग्रेस जिताऊ अभियानको समापन गर्दै कांग्रेस सबैलाई मिलाएर जाने पार्टी भएकाले गठबन्धन दललाई बीचमा नछाड्ने उद्घोष गर्नुभय
नगर भेलालाई बानियाँले सम्बोधन गरिरेका बेला पार्टीका केही कार्यकर्ताले गठबन्धन आवश्यक छैन भनेर हल्ला गरेपछि त्यसलाई चुनौती दिँदै उहाले पार्टीमा अनुशासनको महत्व हुने भन्दै कसैलाई गठबन्धनको चित्त नबुझे पार्टी छाडेर जान सक्ने चुनौती पनि दिनुभयो । नेपाली कांग्रेस केन्द्रीय समितिले सर्वसम्र्वत निर्णय गरेर गठबन्धन गरिसकेको भन्दै त्यसको अब विरोध गर्नुको कुनै अर्थ नहुने बताउनु भयो । सभापति बानियाँले कांग्रेस पद्दतीमा चल्ने पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा पदका लागि प्रतिस्पर्धाको बढेपनि मिलेर जानुको विकल्प नरहेको बताउनुभयो ।
उहाले गठबन्धन गर्ने विषयमा पार्टीमा सर्वसम्मतरुपमा निर्णय भएको र निर्णय नमान्नेले पार्टी छाड्दा हुने चेतावनी दिनुभयो । ‘पार्टीको निर्णय अन्तिम निर्णय हो । सोही अनुसार अगाडि बढ्नुपर्छ ।’ ‘गठबन्धनले उचित स्थानमा आवश्यकता र औचित्यको आधारमा टिकट वितरणको निर्णय गर्नेछ । पार्टीले गरेको निर्णय नमान्ने र मतदान गर्दैनौं भन्नेहरु पार्टी छाडेर जाँदा हुन्छ ।’ उहाले पार्टीमा सधैं एउटै व्यक्तिले टिकट नपाउने दाबी पनि गरे ।

नगर सभापति हरिलाल श्रेष्ठको सभापतित्वमा भएको समापन कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति रमेश महतले पनि अहिलेको आवश्यकता गठबन्धन भएको भन्दै सबैलाई पार्टीका निर्णय मानेर अघि बढ्न आग्रह गर्नुृभयो । सभापति हरिलाल श्रेष्ठले कांग्रेसबीचको एकताले नै पार्टी बलियो हुने हुनाले विवाद भन्दा पनि एकता गरेर अघिढ्नु पर्नेमा जोड दिनुभएको थियो ।