काठमाडौं — केही दिनयता लगातार ओरालो लागेको सुनको मूल्यमा आज एकाएक ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५ रुपैयाँले बढेको हो।
गत शुक्रबार प्रतितोला २ लाख ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर प्रतितोला ५ हजार ३४५ रुपैयाँ कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उकालो लागेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज सुन प्रतिऔँस ४ हजार ७३० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ८७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।
बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेसँगै लगानीकर्ता र उपभोक्ताको चासो समेत बढेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्