संकट र तनावबीच मोदीका पाँच सन्देश, ‘घरबाटै काम गर्नुस्, आर्थिक रूपमा तयार रहनुस्’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २८, सोमबार १५:१४

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले विश्वव्यापी संकट र बढ्दो भूराजनीतिक तनावका बीच भारतीय नागरिकलाई सतर्क, संयमित र आर्थिक रूपमा तयार रहन आग्रह गरेका छन्।


उनले पछिल्लो सम्बोधनमा घरबाटै काम (वर्क फ्रम होम) लाई प्रोत्साहन गर्दै आवश्यक अवस्थामा डिजिटल माध्यमको प्रयोग बढाउन सुझाव दिएका हुन्। साथै, उनले आर्थिक अनिश्चितताको सम्भावित असरलाई ध्यानमा राख्दै नागरिकलाई बचत, सुनजस्ता सुरक्षित लगानी र दीर्घकालीन आर्थिक तयारीमा ध्यान दिन आग्रह गरेका छन्।


प्रधानमन्त्री मोदीले विश्व परिस्थितिले आपूर्ति प्रणाली, व्यापार र रोजगारीमा प्रभाव पार्न सक्ने उल्लेख गर्दै आत्मनिर्भरता र सावधानी आवश्यक रहेको बताएका छन्। उनले नागरिकलाई अफवाहमा नलाग्न, सामाजिक सद्भाव कायम राख्न तथा कठिन परिस्थितिमा एकताबद्ध भएर अघि बढ्न पनि अपिल गरे।


उनको भनाइलाई भारतमा बढ्दो अन्तर्राष्ट्रिय तनाव र आर्थिक चुनौतीबीच सरकारको तयारी तथा जनतालाई सचेत गराउने प्रयासका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *