|
२०८३ जेष्ठ १७, आईतवार १५:०६
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न माग गरेकी छिन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने टिप्पणी गरेपछि उनले यस्तो माग गरेकी हुन् ।
प्रधानमन्त्रीले तथ्यबिना बोलेको भन्दै थापाले आपत्ति जनाइन् । प्रधानमन्त्रीको कुरा सही नभएर रेकर्डबाट हटाउन पनि उनको माग छ। “प्रधानमन्त्रीले पनि नेपालले भारतको भूमि मिचेको भन्नुभयो । कहाँ मिचिएको हो ? अवगत गराउनुपर्यो । यो गम्भीर र आपत्तिजनक विषय हो । प्रधानमन्त्रीले तथ्यबिना दुई देशको सीमाबारे बोलेको कुरा सत्य हो भने राखिनुपर्यो,” उनले भनिन्, “ यो कुरा सही होइन भने रेकर्डबाट हटायोस् भन्ने माग गर्न चाहन्छु ।”
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्