
युवा अवस्था देखिनै व्यवसायमा आकर्षित रवि रिमाल आफ्नो पेशाप्रति निकै इमान्दार ढंगले काम गर्र्दै नुवाकोट जिल्लाको राईसिंहमा जन्मिएका उनी पिता हरिप्रसाद रिमालसँगै व्यवसायमा आवद्ध भए। उनको लगनशीलताका कारण सफलता हात पर्दै गयो । राइसिंह बजारमा आफ्नो खाध्यान्न किराना ब्यबसाय सञ्चालन गर्दै आएका रिमाल २०४९ साल बाट ट्रक र मिनिट्रक खरीद गरी त्यसको व्यवसायमा सक्रिय सम्हालेको व्यवसाय पनि तफलताको बाटोमा अघि बढ्यो ।

बुबाको व्यवसायलाई सम्हाल्दै रिमालले २०५३ सालमा काठमाडौ त्रिशुली रुट्मा बस सेवा शुरु गरेका थिए । द्वन्द्व कालमा नुवाकोटबाट बिस्थापित भएका उनको परिवारआफ्नो ब्यापार ब्यबसाय छाडी २०६० सालबाट काठमाडौ प्रवेश गरे । राजधानी आएसँगै यातायात ब्यबसायलाइ मात्र आफ्नो मुख्य पेसा बनाउदै २०६१ मा कम्पनी स्थापना गरी काठमाण्डौ बाट देशका सम्पुर्ण पुर्वी रुटहरुमा ज्वाला यातायातको नाममा , उपत्यका भित्र उपत्यका स्वयम्भू यातायात समिति अन्तर्गत रहि र काठमाडौ त्रीशुली रुट्मा साघु यातायातमा आबद्ध भै बुवाले गरिरहनु भएको ब्यबसाय लाइ रेखदेख गरिरहेकोमा उनले २०६९ सालबाट यातायात ब्यबसायीको रुपमा पुर्णरुपले कृयाशिल भै २०७०मा भएको पासाङ ल्हामु यातायात सेवा समितिको अधिबेसनबाट अत्याधिक मतले महासचिव पदमा निर्वाचित भए ।
सम्पुर्ण व्यवसायीहरुको साथ र सहयोगका कारण दुइ कार्यकाल उक्त पदमा रहि काम गर्ने अवसर पाए । रसुवा नुवाकोट जिल्लामा सुबिधा सम्पन्न डिलक्स र एसी डिलक्स बस सेवा सुरु गरि यातायात ब्यबसाय लाइ समय सापेक्ष परिवर्तन गर्न सफल भएका उनी नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघको २०७४ मा भएको ५ औ राष्ट्रिय महाधिवेशनबाट उप महासचिवमा निर्वाचित भएका रिमालले आफ्नो जिम्मेवारी सफलतापूर्व सम्पन्न गरेका कारण २०७८ चैत्र २७,२८ र २९ गते राजधानीमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । युवा उमेरमा नै व्यवसायमा सफलता हात पारेका रिमाल समाजिक काममा पनि सक्रिय छन् भने राजनीतिक रुपमा पनि नेपाली कांग्रेसमा आवद्ध भएर क्रियाशिल भैरहेका छन् ।