काठमाडौं । धवलशमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको घोषणा गरेका छन्। वक्तव्य जारी गर्दै उनले विगत चार वर्षसम्म राप्रपालाई जनभावनाअनुकूल दिशामा अघि बढाउने प्रयास गरिएको भए पनि पार्टीभित्रको विरोधाभास, सैद्धान्तिक द्विविधा तथा गलत राजनीतिक मार्गका कारण पार्टी जनताबाट दण्डित भएको बताएका छन्।
राणाले राप्रपामा आबद्ध साथीहरूलाई आफ्नो रोजाइअनुसार अघि बढ्न शुभकामना दिँदै कुनै वैरभाव नरहेको स्पष्ट पारेका छन्। साथै, स्वच्छ मन, आत्मीय सम्बन्ध र साझा राष्ट्रवादी मान्यतालाई सही लक्ष्यतर्फ लैजान इच्छुक सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक आह्वान गरेका छन्।
उनको यो निर्णयले नेपाली राजनीतिमा नयाँ बहस र राष्ट्रवादी शक्तिहरूको सम्भावित पुनर्संरचनाबारे चासो बढाएको छ। राणाको आगामी राजनीतिक यात्रा र नयाँ रणनीतिले आगामी दिनमा राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्