टोकियो, जापान — टोकियोस्थित एभरेस्ट इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत नेपाली विद्यार्थी अमन अधिकारी सकुशल फेला परेका छन्।
नुवाकोट जिल्ला, बिदुर नगरपालिका–३ पिपलडाँडा स्थायी घर भएका माधव अधिकारीका छोरा अमन विद्यालय गएपछि परिवारको सम्पर्कबाट बाहिर रहेका थिए। शुक्रबार बिहान करिब ८:२० बजे विद्यालय गएका अमन नियमित कक्षा सकेर साँझ करिब ५:०० बजे विद्यालयबाट निस्किएको जानकारी प्राप्त भए पनि त्यसपछि परिवारसँग सम्पर्क हुन नसकेको थियो।
सम्पर्कविहीन भएको खबर सार्वजनिक भएसँगै परिवार, नेपाली समुदाय तथा सम्बन्धित निकायले खोजी कार्यलाई तीव्र बनाएका थिए। व्यापक खोजीपछि अमन सकुशल अवस्थामा फेला परेको पुष्टि भएको छ।
अमन सुरक्षित रूपमा फेला परेसँगै परिवारले राहत महसुस गरेको जनाएको छ। साथै, खोजी अभियानमा सहयोग पुर्याउने सबै व्यक्ति, संघसंस्था तथा नेपाली समुदायप्रति परिवारले आभार व्यक्त गरेको छ। अमनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी सुरक्षित रहेको बताइएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्