विदुर । नेपाली कांग्रेससँग विभाजित भएको नेपाली कांग्रेसले पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवार उठाउने भएको छ । वी.पीं कांग्रेसले जिल्लाको १२ स्थानीय तहका नेपाली कांग्रेसका उम्मेदवार भएका ठाउँहरुमा भने उम्मेदवारी नदिने तयारी गरिरहेको स्रोतले बताएको छ ।


गठबन्धन दलका तर्फबाट कांग्रेस बाहेकका दलहरु उम्मेदवार भएका स्थानमा भने आफ्नो उम्मेदवारी रहने वा नरहने विषयमा छलफल भैरहेको कार्यालय सचिव सुशील वाग्लेले नुवाकोट पुकारलाई बताए । विभिन्न ६० जिल्लामा संगठन विस्तार गरेको सो पार्टीले विदुरमा पनि उम्मेदवारी दिनसक्ने बताएको छ ।
यस्तै बेलकोटगढीमा सुशीलराज वाग्ले, सुर्यगढी विश्व अधिकारी लगायतको उम्मेदवार हुनसक्ने संकेत गरेको छ । कांग्रेससँग तालमेल गर्ने सोच बनाएको भएपनि कांग्रेससहित गठबनधन दलहरुले सत्तारुढ पाँच दल बाहेक अन्यसँग तालमेल नहुने बताएपछि वी.पी. कांग्रेस पछि परेको हो ।
यसले कांग्रेसको भाग परेका वडाहरुलमा भने सहयोग गर्ने निती लिएको छ । तर त्यसका लागि कांग्रेस इतर वडाहरुमा भने आफ्नो उम्मेदवार भए सहयोग गर्न प्रस्ताव गरेको छ । त्यसलाई कांग्रेस जिल्ला कमिटिले भने छलफलको विषय पनि बनाएको छैन । कांग्रेस जिल्ला सचिव श्रीराम श्रेष्ठले भने हामीले यो विषयलाई म्याटर बनाएका छैनौं ।