काठमाडौं — अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दो क्रममा रहे पनि नेपालमा हालका लागि इन्धनको बिक्री मूल्य परिवर्तन नगरिएको नेपाल आयल निगम ले जनाएको छ।
निगमका अनुसार पेट्रोलको मूल्य वर्गअनुसार कायम रहेको छ। पहिलो वर्गमा प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २१६ रुपैयाँ र तेस्रो वर्गमा २१७ रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पनि यथावत् राखिएको छ। पहिलो वर्गमा प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २२४ रुपैयाँ र तेस्रो वर्गमा २२५ रुपैयाँ कायम रहेको निगमले जनाएको छ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँ तोकिएको छ भने १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डरको मूल्य २,१६० रुपैयाँ कायम रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि उपभोक्तालाई तत्काल थप भार नपरोस् भन्ने उद्देश्यले हालका लागि मूल्य स्थिर राखिएको निगमको भनाइ छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्