काठमाडौ । ललितपुरमा सम्पन्न नेपाल थारु संघको पहिलो राष्ट्रिय अधिवेशनबाट चितवनका शिवनारायण महतो ‘गुरौ’ पुनः अध्यक्ष पदमा चयन भएका छन्। यसअघि तदर्थ समितिको नेतृत्व सम्हालिरहेका महतोलाई अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएको हो।
संघको संशोधित विधान–२०७९ अनुसार केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका छन्। अधिवेशन नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, ललितपुरमा आयोजना गरिएको थियो।
नयाँ कार्यसमितिमा उदयपुरका डा. भोगेन्द्र प्रसाद चौधरी उपाध्यक्ष, बाँकेका फूलाराम चौधरी महामन्त्री तथा नवलपरासीका राधेश्याम चौधरी सह–महामन्त्री बनेका छन्।
प्रमुख निर्वाचन अधिकृत वासुदेव रिजालका अनुसार नेतृत्वसहित सम्पूर्ण केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी प्रदान गरेको जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्