उद्यमी र मध्यम वर्गका परिवारलाई करको बोझ घटाउने सरकारको घोषणा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २८, सोमबार १७:१३

काठमाडौ ।राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उद्यमी र मध्यम वर्गका परिवारमाथिको करको बोझ घटाउने घोषणा गरेका छन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, “करका संरचनाको पुनरवलोकन गर्दै उद्यमी तथा मध्यम वर्गका परिवारमाथिको बोझ घटाइनेछ ।”

पौडेलले स्वैच्छिक कर अनुपालन, शीघ्र कर विवाद समाधान प्रणालीमार्फत राजस्व प्रणालीलाई उद्यममैत्री बनाइने, प्रदूषण, पूर्वाधार र अन्य छरिएका करलाई एकीकृत गरी हरित करका रूपमा विकास गर्ने समेत नीति र कार्यक्रममा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *