लुम्बिनीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा, मन्त्रिमण्डल पुनर्गठनको तयारी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २०, बुधबार ११:४९

रुपन्देही — लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट सहभागी चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार मन्त्रीहरूले लिखित रूपमा राजीनामा बुझाएका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरी रहेका छन्।
लुम्बिनी प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन्। एमालेले हालका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको स्रोतले जनाएको छ।
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले मन्त्री परिवर्तन गर्ने वा नगर्ने विषयमा केन्द्रसँग समन्वय गरेर निर्णय गर्न प्रदेश नेतृत्वलाई अधिकार प्रत्यायोजन गरिएको बताएका छन्।
मन्त्रीहरूको सामूहिक राजीनामासँगै लुम्बिनी प्रदेश सरकारमा मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *