|
२०८३ जेष्ठ २०, बुधबार १३:५८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति वर्तमान सरकारको ‘रबर स्ट्याम्प’ बनेको आरोप लगाएका छन् ।
दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले संविधानको संरक्षकले संवैधानिक दायरा सम्झाउनुको साटो जे–जे भन्यो त्यसैमा हस्ताक्षर गरिरहेको आरोप लगाए ।
“सम्माननीय राष्ट्रपतिले बडो जुक्तिले लोकतन्त्र जोगाएँ भन्नुभयो । तर, उहाँ भदौ २३ र २४ गते यता हरेकपटक संविधानविरुद्धका काममा रबर स्ट्याम्प बनिरहनु भएको छ,” ओलीले भने, “अहिले लोकतन्त्र समाप्त पार्न बडो जुक्ति लागिरहेको छ । उहाँ पनि फस्दै हुनुहुन्छ ।”
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्