भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा रवि लामिछानेलाई भेटेकोमा खुशी व्यक्त, नेपालसँग सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २०, बुधबार १४:३०

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता भएकोमा खुशी व्यक्त गर्दै नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।


प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै रवि लामिछानेसँग भेट भएकोमा प्रसन्नता व्यक्त गरेका हुन्। उनले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको इच्छाको स्वागत गर्दै त्यसमा आफू पनि पूर्ण रूपमा सहमत रहेको बताएका छन्।


मोदीले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ (नेबरहुड फर्स्ट) नीति अन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा उल्लेख गर्दै नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्न भारत उत्साहित रहेको बताए। उनले नेपाल–भारतबीचको विशेष, बहुआयामिक तथा ऐतिहासिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन दुवै देशले मिलेर काम गर्ने विश्वास व्यक्त गरेका छन्।


प्रधानमन्त्री मोदीको यो अभिव्यक्तिलाई नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने सकारात्मक सन्देशका रूपमा हेरिएको छ।

तस्बिर : प्रधानमन्त्री नरेन्द्र माेदीकाे सामाजिक सञ्जालबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *