धादिङमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५०.५२ प्रतिशत सम्पन्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २३, शनिबार १०:०१

धादिङ, जेठ २३ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान अन्तर्गत धादिङ जिल्लामा हालसम्म ५०.५२ प्रतिशत सदस्यले आफ्नो सदस्यता अद्यावधिक गराएका छन्।


जिल्लामा रहेका पुराना १४ हजार क्रियाशील सदस्यमध्ये शनिबार बिहान ८:१५ बजेसम्म ७ हजार ७३ जनाले सदस्यता अद्यावधिक गराइसकेका छन्। थप २ सय १९ जनाले आवेदन दिए पनि वडा सभापतिबाट स्वीकृति तथा अद्यावधिक हुन बाँकी रहेको कांग्रेस धादिङका सचिव किसान श्रेष्ठले जानकारी दिए ।


त्यसैगरी, नयाँ क्रियाशील सदस्यताका लागि १ हजार ४ सय ३६ जनाले आवेदन दिएका छन्।


नेपाली कांग्रेस धादिङले अद्यावधिक गर्न बाँकी रहेका पुराना सदस्य तथा नयाँ सदस्यता लिन इच्छुक व्यक्तिलाई २०८३ जेठ २८ गते राति १२ बजेसम्म अनलाइन प्रणालीमार्फत वा सम्बन्धित वडा कार्यसमिति, वडा सभापति तथा तोकिएका प्रतिनिधिमार्फत प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।


सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता सम्बन्धी आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला कार्यसमितिसँग सम्पर्क गर्न सकिने जनाइएको छ।


पार्टीले सबै नेता तथा कार्यकर्तालाई सदस्यता अभियानलाई प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न समेत अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *