रास्वपा नुवाकोटको जिल्ला सभापतिमा चार जनाको उम्मेदवारी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २३, शनिबार १७:०८

सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्यो, विभिन्न पदमा उम्मेदवारी दर्ता
नुवाकोट,जेठ २३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्ल् अधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। जिल्ला सभापति पदका लागि चार जना नेताले दाबी प्रस्तुत गरेपछि सहमतिको प्रयास जारी रहे पनि सहमति हुन नसके निर्वाचन प्रक्रिया आजै अघि बढाइने भएको छ।


जिल्ला सभापति पदमा रामेश्वर गजुरेल, राजु प्रसार अधिकारी, दामोदर नेपाल र शरण महत ले उम्मेदवारी दाबी गरेका छन्।
उपसभापति पदका लागि उमेश पाठक, कृष्णलाल श्रेष्ठ, सुनिमा थिङ र नारायण भण्डारी मैदानमा उत्रिएका छन्। सचिव पदमा बसन्त धिताल र शिवराज लामिछाने ले उम्मेदवारी दर्ता गराएका छन् भने सहसचिव पदका लागि दिपक थपलिया र सम्बर तामाङ बीच प्रतिस्पर्धा हुने भएको छ।


यसअघि अधिवेशनको उद्घाटन डा. विक्रम तिमिल्सिना ले गरेका थिए। उद्घाटन सत्रमा डा. अच्युतम लामिछाने, जिल्ला सभापति रामेश्वर गजुरेल लगायतका वक्ताहरूले पार्टी सुदृढीकरण, संगठन विस्तार र आगामी राजनीतिक रणनीतिबारे धारणा राखेका थिए।


अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले जिल्लामा पार्टी संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। सहमतिको प्रयास अन्तिम चरणसम्म जारी रहे पनि सहमति नजुटे लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिने निर्वाचन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *