|
२०८३ जेष्ठ २४, आईतवार ११:३९
काठमाडौं, २४ जेठ — नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकै दिन प्रतितोला ८ हजार २०० रुपैयाँले घट्दै ३ लाख ८०० रुपैयाँ कायम भएको छ।
यसअघि गत शुक्रबार पनि सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेको थियो। शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३३५ रुपैयाँले घट्दै ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावस्वरूप स्थानीय बजारमा पनि सुन तथा चाँदीको मूल्यमा गिरावट देखिएको व्यवसायीहरू बताउँछन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्