
काठमाडौं। आइएमईले दसैंतिहार र छठलाई लक्षित गर्दै ल्याएको उपहार योजनाको पहिलो साताको विजेता सार्वजनिक गरिएको छ। काठमाडौं पानीपोखरीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहीबार फेसबुक लाइभ गर्दै विजेता छनोट गरिएको हो।
कम्पनीका अनुसार रोशन शर्मा र अलिसा बराल विजेता बनेका छन्। उनीहरुले जनही २५ हजार रुपैयाँ पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार शर्माले रिया फाइनान्सियल सर्भिस बेल्जियम र बरालले अष्ट्रेलियाबाट पैसा पठाएका थिए।कम्पनीका अनुसार कृष्णप्रसाद भुसाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, शीतलकुमार महत्तो, कृष्णकुमार कटुवाल र मनोज मेन्याङ्बोले सामसङ मोबाइल पाएका छन्। कम्पनीले चाडपर्वलाई लक्षित गर्दै मोबाइल हातैमा, १० लाख खातैमा नामक योजना ल्याएको थियो। आइएमईले हरेक वर्ष चाडबाड लक्षित उपहारको कार्यक्रम ल्याउने गरेको छ ।