विश्वकप २०२६ का सह-आयोजक मेक्सिकोले प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्दै उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा जुलियन क्विनोनेस र राउल जिमिनेजले एक–एक गोल गरे।
खेलको नवौं मिनेटमा क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। एरिक लिराको प्रभावशाली प्रेसिङपछि प्राप्त अवसरलाई सदुपयोग गर्दै उनले बललाई जाली चुमाएका थिए। दोस्रो हाफमा दक्षिण अफ्रिकाले ठूलो झट्का बेहोर्दा ४९औँ मिनेटमा स्पेफेलो सिथोले रातो कार्ड पाएर मैदान छाडे।
एक खेलाडी कम भएको दक्षिण अफ्रिकामाथि मेक्सिकोले दबाब बढाउँदै ६७औँ मिनेटमा राउल जिमिनेजको हेडरमार्फत दोस्रो गोल थप्यो। रोबर्टो अल्भाराडोको सटिक क्रसलाई जिमिनेजले गोलमा परिणत गरेका थिए।
खेल निकै नाटकीय रह्यो। दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थेम्बा ज्वाने तथा मेक्सिकोका सेसार मोन्टेसले रातो कार्ड पाए। १७ वर्षीय युवा खेलाडी गिल्बर्टो मोरा मैदान प्रवेश गर्दा समर्थकहरूले भव्य स्वागत गरेका थिए।
यस जितसँगै मेक्सिकोले विश्वकपका पछिल्ला आठ उद्घाटन खेलमा अपराजित रहने कीर्तिमानलाई निरन्तरता दिएको छ। उक्त अवधिमा मेक्सिकोले ६ खेल जितेको र २ खेल बराबरी खेलेको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्