प्रदेश र स्थानीय तह केन्द्रित कांग्रेस भेला आजदेखि

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २६, शनिबार १३:१४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि सातै प्रदेशमा प्रदेश तथा स्थानीय तह केन्द्रित भेला सुरु गर्ने भएको छ ।

पार्टीको अभियान सुदूरपश्चिम प्रदेशबाट प्रारम्भ हुने र जेठ १५ गते लुम्बिनी प्रदेशमा पुगेर समापन गरिने कार्यक्रम तय गरिएको छ ।

दुई दिनसम्म सञ्चालन हुने भेलामा पार्टी सभापति गगन कुमार थापा सहित शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ । कार्यक्रमको तयारीका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार नै धनगढी पुगिसकेका छन् भने महामन्त्री गुरुराज घिमिरे बिहीबार नै सुदूरपश्चिम पुगेका थिए ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बुधबार बसेको पहिलो बैठकमा उपसभापति शर्माले प्रदेशस्तरीय भेलाको तयारी र उद्देश्यबारे जानकारी गराएका थिए ।

कांग्रेसले संगठन सुदृढीकरण, स्थानीय तहसँग समन्वय र आगामी राजनीतिक रणनीतिलाई केन्द्रमा राखेर भेला आयोजना गर्न लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *