काठमाडौं महानगरपालिकाद्धारा कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला(सूचनासहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख ३०, बुधबार ०८:५३

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुलाएको छ ।

महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३–०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो ।

महानगरको शिक्षा विभागले आज एक सूचना जारी गर्दै जेठ १ गतेदेखि आवेदन फाराम भर्न सकिने जनाएको हो।

इच्छुक विद्यार्थीले जेठ १ गतेदेखि जेठ १० गतेसम्म महानगरपालिकाको वेबसाइट वा मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। छात्रवृत्तिका लागि परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने जनाइएको छ।

महानगरका अनुसार परीक्षा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नमा आधारित हुनेछ।

विषयगत अंकभार, विद्यालयगत छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण काठमाडौं महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको महानगरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *