नुवाकोट, वैशाख ३० — नुवाकोटको शिवपुरीकाे जनज्ञान निकेतन माध्यमिक विद्यालयकी छात्रा शर्मिला तामाङले एसइई नतिजापछि आफू फेल भएको भन्दै आत्महत्या गरेकी छिन् ।उनकाे याे निर्णयले परिवार र विद्यालयलाई स्तब्ध बनाएको छ ।
विद्यालयका प्रधानाध्यापक अर्जुन लामिछानेका अनुसार शर्मिलालाई लेखा विषय मात्र लागेकाे थियो भने अन्य विषयमा उनले सफलता हासिल गरेकी थिइन् । तर नतिजापछि उनले गरेको दुःखद निर्णयले परिवार, विद्यालय र साथीभाइ शोकमा परेका छन् ।उनले नतिजा प्रकाशन भएको राति नै आत्महत्या गरेकाे बताइएको छ ।
यस वर्ष विद्यालयबाट एसइई परीक्षामा सहभागी २९ जना विद्यार्थीमध्ये २५ जना उत्तीर्ण भएका छन् । विद्यालयले ८६.६६ प्रतिशत नतिजा हासिल गरेको छ भने सदिक्षा भण्डारीले ३.९१ जिपिए ल्याएर विद्यालयकै उत्कृष्ट नतिजा प्राप्त गरेकी छन् ।यस्तै सहारा श्रेष्ठले ३.८६ जिपिए ल्याउन सफल भएकी छिन् ।
विद्यालयले पछिल्लो समय निकै सुधार गरेकाे र गुणस्तरीय शिक्षामा जाेड दिँदै आएकाे देखिन्छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्