नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला निर्वाचित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख ३०, बुधबार २१:३८

कास्की । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला निर्वाचित भएका छन्।


महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न मतदानमा सिटौलाले एक हजार ३० मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत प्राप्त गरेका थिए।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल विजयी भएका छन्। सात उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी निर्वाचित भएका छन्। उक्त पदका लागि १३ जनाले उम्मेदवारी दिएका थिए।


महासंघको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी हुँदा महासचिवमा डेकनाथ गौतम निर्वाचित भएका छन्। त्यसैगरी, उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा विजयी भएका छन्।


सचिवमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मतसहित विजयी भएका छन्।

सहकोषाध्यक्षमा शोभाखर पौडेल निर्वाचित भएका छन्।
महाधिवेशनबाट कुल ७८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *