काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेसँगै बागमती प्रदेशमा आज दिनभर र आज राति पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा आज सामान्यदेखि पूर्ण बदली रहनेछ। केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि बागमती प्रदेशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
लगातार वा भारी वर्षाका कारण नदी–नाला तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्