
नुवाकोट आउन लाग्नृु भएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, फाइल तस्बिर
विदुर । नुवाकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाको सरुवा गरेको छ । थापालाई जिल्ला प्रशासन कार्यालय सप्तरीको प्रमुख बनाइएको छ । यस्तै नुवाकोटमा भने चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ल्याएको छ ।
यसअघि नुवाकोट आउनु भएका थापाले नुवाकोट जिल्लामा झण्डै एक वर्ष विताउनु भएको छ । उहाको कार्यकालमा कुनैपनि विवादित निर्णय प्रशासनले गरेको छैन । सरल मिजासका थापा जिल्लामा आइपरेका विपत्तिहरुमा आफै उपस्थित भएर सर्वसाधारणलाई राहत वितरण देखि सान्तवा दिनसम्म पुग्ने गरेका थ