सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ४ हजार र चाँदी ३५५ रुपैयाँले सस्तो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १, शुक्रबार ११:५९

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार आज सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *