काठमाडौं — बागमती प्रदेश सभाको दोस्रो कार्यकालअन्तर्गत जारी सातौँ अधिवेशन शुक्रबार रातिदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम शुक्रबार राति ११ः५९ बजेदेखि प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै अधिवेशन अन्त्य गरिएको जानकारी दिएको हो । प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम (३) बमोजिम प्रदेश सभा सचिव रामकुमार पौडेलले उक्त सूचना जारी गरेका हुन् ।
यसअघि बिहीबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारीस्वरूप हिउँदे अधिवेशन अन्त्य गरी प्रि–बजेट छलफल तथा बजेट अधिवेशनको तयारी अघि बढाइएको जनाएको छ ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारको सिफारिसपछि प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान तथा अन्त्य गर्ने व्यवस्था रहेको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्