|
२०८३ जेष्ठ १, शुक्रबार १८:४५
काठमाडौं– नेपाली कांग्रेसका सभापति श्री गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमितिका सदस्य श्री उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेका छन्।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम सभापति थापाले श्रेष्ठलाई उक्त जिम्मेवारी प्रदान गरेको जनाइएको छ।
पार्टीका अनुसार, कोषाध्यक्ष पदमा मनोनयनसँगै श्रेष्ठले पार्टीको आर्थिक व्यवस्थापन तथा संगठनात्मक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। श्रेष्ठ देउवा नेतृत्वको समयमा पनि काेषाध्यक्षमा मनाेनित भएका थिए ।उनैलाई गगन थापाले पनि काेषाध्यक्ष बनाएका छन् ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्