संसद् बैठक छाडेर हिँडे हर्क साम्पाङ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ५, मंगलवार १३:५३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ प्रतिनिधिसभा बैठक छाडेर हिँडेका छन् । मंगलबार (जेठ ५) बसेको बैठक बहिष्कार गरेर उनी निस्किएका हुन् । 

साम्पाङ आफ्नो भनाइ राख्न भन्दै आसनबाट उठेका थिए । तर, सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनले यसअघि समय नमागेको भन्दै बस्न आग्रह गरे । त्यसपछि उनी बैठक बहिष्कार गरेर बाहिरिए ।

श्रम संस्कृति पार्टीका अरू सांसद भने बैठकमै छन् । यस दिन पनि बैठकको प्रारम्भमा साम्पाङले विरोध गरेका थिए । सरकारको विरोधमा उनले नारासहितको पर्चा देखाएका थिए ।

श्रम संस्कृतिले सोमबार (जेठ ४)को बैठकमा पनि पर्चा देखाएर सरकारको कार्यशैलीको विरोध गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *