काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोट क्षेत्र नं. १ को क्षेत्रीय अध्यक्षमा तेज लामा सर्वसम्मत निर्वाचित भएका छन्। पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाअन्तर्गत भएको अधिवेशनबाट लामा क्षेत्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
अध्यक्ष लामासहित अन्य यम बहादुर थापासहित अन्य २७ जना सदस्य सर्वसम्मत चयन गरिएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिनुभयो ।लामा यसअघि पनि अध्यक्ष थिए ।
त्यस्तै, प्रदेश तहको नेतृत्वसमेत सर्वसम्मत रूपमा चयन गरिएको छ। प्रदेश अध्यक्षमा पूर्णबहादुर प्याकुरेल सर्वसम्मत निर्वाचित भएका छन्।
यसअघि अधिवेशनको उद्घाटन राप्रपाका सहमहामन्त्री दीपक राईले गरेका थिए। कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
प्रदेश सदस्यमा समेत सर्वसम्मत निर्वाचित भएका पाठक राप्रपाको बागमती प्रदेश अध्यक्षका दाबेदारका रूपमा समेत चर्चामा छन्।
राप्रपाले संगठनलाई थप व्यवस्थित, सक्रिय र सुदृढ बनाउने क्रममा क्षेत्रीय तथा प्रदेश तहमा सहमतिको आधारमा नेतृत्व चयन गरेको जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्