नुवाकोट। जिल्लाकाे बेलकाेटगढी नगरपालिकामा मेयरकाे स्वतन्त्र उम्मेदवारी घाेषणा गरेकी साेनी ढुंगानाले बेलकोटगढी नगरपालिकाका तीन विद्यालयमा अध्ययनरत ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी छिन् । करुणाकर आधारभूत विद्यालय, महामाया माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई कपडा प्रदान गरिएको हो।
कार्यक्रमहरूमा बोल्दै ढुंगानाले न्यानो कपडा वितरण विशुद्ध सामाजिक अभियान भएको र यसमा कुनै राजनीतिक स्वार्थ नरहेको स्पष्ट पार्नुभयो। उहाँले सामाजिक सहयोगलाई विद्यार्थीको आवश्यकता र हितसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखिन् ।
ढुंगानाले विद्यालयलाई दलीय राजनीतिक प्रभावभन्दा बाहिर राख्दै गुणस्तरीय शिक्षा र विद्यार्थीको भविष्यमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो। विद्यालयभित्र हुने विभेद तथा शिक्षामा रहेको असमानताको अन्त्य गरी सबै बालबालिकाका लागि समान अवसर र सम्मानजनक सिकाइ वातावरण सुनिश्चित गर्नुपर्नेमा उनकाे जोड थियाे ।
उनले आवश्यकतामा रहेका विद्यार्थीका लागि छात्रवृत्तिको सुनिश्चितता र टाढाबाट विद्यालय आउने बालबालिकाका लागि यातायात सुविधाको व्यवस्था गर्न सम्बन्धित पक्षलाई आग्रह गरिन्। आर्थिक अभाव तथा सामाजिक पृष्ठभूमिका कारण कुनै पनि विद्यार्थी शिक्षाको अवसरबाट वञ्चित हुन नहुने उनकाे भनाइ थियो।
विगत एक दशकदेखि विभिन्न व्यक्ति तथा समुदायलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आउनुभएकी ढुंगानाले यसअघि नुवाकोटका विभिन्न विद्यालयमा गरी कुल १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेकी छिन् । विद्यालयमा अक्षयकोष स्थापनादेखि विद्यार्थीलाई न्यानो कपडा वितरणसम्मका काममार्फत सामाजिक सहयोगमा उनकाे भूमिका रहँदै आएकाे छ।
यसै क्रममा ढुंगानाले बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगत लामासँग पनि भेटघाट तथा छलफल गर्दै बेलकोटगढीको समग्र अवस्था र विकाससँग सम्बन्धित विषयमा कुराकानी गरेकी थिइन् ।भाेटेकाेशी बाढी पहिराेमा विस्थापित परिवारका लाागि ठुलाे राहत संकलन ,वितरण ठुलाे याेगदान दिएकी ढुंगानाको पछिल्लो समय बेलकाेटगढीमा उनकाे स्वतन्त्र उम्मेदवारीले परम्परागत शक्ति कांग्रेस ,एमाले ,नेकपा र नयाँ उदाएको रास्वपामा समेत हलचल उत्पन्न भएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्