मम्ममाया तामाङको घरबाट ३६ लाख बढीका १२२८ थान भेप बरामद, ८ जना पक्राउ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ७, बिहीबार १७:३६

रसुवा, जेठ ७ गते । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ दालफेमा बस्ने ४४ वर्षीया मम्ममाया तामाङको घरबाट प्रहरीले १२२८ थान भेप (विद्युतीय चुरोट) बरामद गर्दै ८ जनालाई पक्राउ गरेको छ ।


विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरी टोलीले मममाया तामाङको घरमा चेकजाँच गर्ने क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकको बोराभित्र र ५ वटा कार्टुनमा राखिएको ELFBAR ICE KING (30K puffs) लेखिएको भेप बरामद गरेको हो ।


बरामद गरिएको भेपको अनुमानित मूल्य रु. ३६ लाख ५७ हजार रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा गोसाइँकुण्ड गाउँपालिका–३ का राजकुमार तामाङ र छो माया तामाङसहित धादिङ, बाजुरा, नुवाकोट तथा ओखलढुंगाका अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ की ४४ वर्षीया मम्माया तामाङ, ३५ वर्षीय राजकुमार तामाङ, ४७ वर्षीया छोमाया तामाङ, धादिङको गंगाजमुना गाउँपालिका -३ का २५ वर्षीय सहिन गुरुङ, बाजुरा बढिमालिकानगरपालिका-१० घर भई हाल काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय सागर खत्री,
नुवाकोटको तादी गाउँपालिका-४ का २७ वर्षीय सुवास तामाङ,
रओखलढुङ्गाको भदौरे गाउँपालिका-६ का २६ वर्षीय नेत्र बहादुर थापा मगर रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *