बागमती प्रदेशसभाको अधिवेशन जेठ ११ गते बोलाउन सिफारिस

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ७, बिहीबार २१:१७


काठमाडौँ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन आगामी जेठ ११ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।


सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार नीति तथा कार्यक्रम, बजेट र समसामयिक विषयमा छलफल गर्न अधिवेशन बोलाउने निर्णय गरिएको हो ।


बैठकले मन्त्रालय संख्या घटाइएपछि कार्यविभाजन नियमावली संशोधन गर्ने निर्णय समेत गरेको छ । प्रदेश सरकारले यसअघि १४ मन्त्रालयलाई घटाएर आठमा सीमित गर्ने निर्णय गरेको थियो । नयाँ संरचना आगामी साउन १ गतेदेखि लागू हुने जनाइएको छ ।


त्यस्तै, मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रमा पनि केही महत्वपूर्ण निर्णय गरेको छ । भक्तपुर अस्पतालमा डा. त्रिलोचन चन्द्र झा र धादिङ अस्पतालमा डा. नवीन मासिठलाई मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरिएको सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *