भारतमा फेरि इन्धनकाे मूल्यवृद्धि, नेपालमा पनि असर पर्ने संकेत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ९, शनिबार १०:५६

काठमाडौं । छिमेकी मुलुक भारतमा पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ । सरकारी स्वामित्वका इन्धन खुद्रा विक्रेताहरूले पेट्रोल र डिजेलको मूल्यमा फेरि वृद्धि गरेपछि उपभोक्तामाथि महँगीको थप भार परेको हो ।


नयाँ मूल्यसूचीअनुसार भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ८७ पैसा बढेर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ । त्यस्तै डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसा वृद्धि भई ९२.४९ भारतीय रुपैयाँ कायम भएको छ ।


भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो ९ दिनभित्र इन्धनको मूल्य बढाइएको यो तेस्रो पटक हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव तथा तेल कम्पनीहरूको घाटा न्यूनीकरण गर्न मूल्य समायोजन गरिएको जनाइएको छ ।
यसअघि मे १९ मा पेट्रोल र डिजेलको मूल्य औसतमा प्रतिलिटर ९० पैसाले बढाइएको थियो भने मे १५ मा प्रतिलिटर ३ भारतीय रुपैयाँसम्म वृद्धि गरिएको थियो ।


लगातारको मूल्यवृद्धिले भारतमा ढुवानी खर्च बढ्नुका साथै दैनिक उपभोग्य वस्तुको मूल्यसमेत थप महँगिने अनुमान गरिएको छ । भारतमा भएको इन्धन मूल्यवृद्धिको प्रभाव नेपालमा पनि पर्न सक्ने देखिएको छ, किनकि नेपालले अधिकांश पेट्रोलियम पदार्थ भारतबाटै आयात गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *