|
२०८३ जेष्ठ ९, शनिबार १३:३६
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश तथा स्थानीय तह केन्द्रित लुम्बिनी प्रदेशस्तरीय भेलाको मिति परिवर्तन गरेको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कार्यक्रम नयाँ मितिमा सञ्चालन गरिने जानकारी दिएका हुन् ।
यसअघि जेठ १४ र १५ गतेका लागि तय गरिएको ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ अब जेठ १८ र १९ गते आयोजना हुने भएको छ । कार्यक्रम रुपन्देहीको तिलोत्तमामा नै सञ्चालन गरिने जनाइएको छ ।
पार्टीले जारी गरेको विज्ञप्तिमा मिति परिवर्तनको कारण भने खुलाइएको छैन । कांग्रेसले प्रदेश र स्थानीय तहका गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्रदेशस्तरीय भेला आयोजना गर्न लागेको जनाएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्