|
२०८३ बैशाख २८, सोमबार ०९:१५
२८ वैशाख, नुवाकोट । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को किस्पाङ गाउँपालिका अधिवेशनले सभापतिमा शिवप्रसाद भट्टलाई चयन गरेको छ । शनिबार किस्पाङ ३ काहुलेमा भएको अधिवेशनले भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । भट्ट संस्थापक सभापति हुनुहुन्छ ।
यस्तै उपसभापतिमा विजयकुमार तामाङ चयन हुनुभएको छ । रास्वपाका केन्द्रीय सदस्य रामकृष्ण भट्टराईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा बागमती प्रदेशको महामन्त्री सुरेन्द्र भट्ट, नेताहरू दामोदर नेपाल, रामेश्वर गजुरेल लगायतले सम्बोधन गर्नुभएको थियो ।
रास्वपाको महाधिवेशनको मिति नजिकिएसँगै यतिखेर सो पार्टीको स्थानीय तहको अधिवेशन भैरहेको छ । यसअघि अधिवेशनमा रास्वाका प्रदेश तथा जिल्ला तहका नेताहरुले अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्