ब्यानर तथा प्रचार सामग्रीमा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न श्रम संस्कृतिको निर्देशन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १२, मंगलवार १४:११

काठमाडौं । श्रम संस्कृत पार्टीले आफ्नो पार्टीका विभिन्न तहका कार्यक्रमहरूमा प्रयोग हुने ब्यानर तथा प्रचार–प्रसार सामग्रीमा पार्टी अध्यक्ष तथा ‘श्रम पिता’ हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ ।


पार्टीको १ नम्बर प्रदेश महासमितिद्वारा जारी सूचनामा झापा जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, वडा तथा टोलस्तरमा गरिने कार्यक्रमका ब्यानर र प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको तस्वीर अनिवार्य राख्न अनुरोध गरिएको उल्लेख छ ।


२०८३ जेठ ११ गते जारी उक्त सूचनामा पार्टीका अध्यक्ष प्रताप राई र सचिव शिवम निरौलाको हस्ताक्षर रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *