पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तामाङ सञ्चार मन्त्रालयकाे विषयगत समितिमा मनोनीत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १२, मंगलवार १७:२६

काठमाडौ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत गठन गरिएको विषयगत समितिको सदस्यमा चयन भएका छन्।


संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्धलाई प्रभावकारी बनाउने उद्देश्यसहित गठन गरिएको उक्त समितिमा देशभरका स्थानीय तहमध्येबाट तामाङलाई सदस्यको जिम्मेवारी दिइएको हो।


मन्त्रालयले जेठ ५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई समितिमा मनोनयन गरिएको जानकारी दिएको छ। सम्बन्धित ऐनअनुसार गठित समितिमा सूचना तथा सञ्चार मन्त्री संयोजक रहने व्यवस्था छ भने स्थानीय तहका प्रमुख वा अध्यक्षमध्येबाट एक जना सदस्य रहने प्रावधान रहेको बताइएको छ। तामाङ तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँ पालिका अध्यक्ष हुुन ।याे उनकाे दाेेस्राे कार्यकाल हाे ।


मनोनीत भएपछि अध्यक्ष तामाङले संविधान र प्रचलित कानुनको दायराभित्र रहेर देश तथा जनताको हितमा जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *