नेपाली कम्युनिस्ट पार्टी नुवाकोटको इन्चार्जमा राजेन्द्र लोहनी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १३, बुधबार ०८:४६

नुवाकोट । नेपाली कम्युनिस्ट पार्टी नुवाकोटको जिल्ला इन्चार्जमा कमरेड राजेन्द्र लोहनी चयन हुनुभएको छ।


पार्टीले जिल्ला संगठनलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न जिम्मेवारी बाँडफाँड गरेको हो। सह–इन्चार्जमा राधिका तामाङ, राम प्रसाद ढुंगाना, हिरानाथ खतिवडा तथा बसन्त बस्नेत रहनुभएको छ।


त्यसैगरी संयोजकमा पुष्प लामिछाने, सह–संयोजकमा गोबिन्द नेपाली र मिना वाइबा चयन हुनुभएको छ।


नयाँ जिम्मेवारी प्राप्त सम्पूर्ण कमरेडहरूलाई पार्टी पंक्तिबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *