कांग्रेसका दुई वडा अध्यक्षको पद रिक्त

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १४, बिहीबार १२:०७

काठमाडौं ः नेपाली कांग्रेसबाट निर्वाचित दुईजना वडा अध्यक्षले दल त्याग गरेपछि उनीहरूको पद रिक्त भएको छ। निर्वाचन आयोगले बिहीबार एक सूचना जारी गर्दै कांग्रेसबाट निर्वाचित दुई जना वडा अध्यक्षले दल त्याग गरेपछि उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम पद रिक्त भएको जनाएको छ।सूचनाअनुसार लुम्बिनी प्रदेशको रुकुमी जिल्लास्थित मुसिकोट नगरपालिकाका वडा नं। २ का वडा अध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष पुरुसोत्तम विष्टले दल त्याग गरी अन्य दल प्रवेश गरेका हुन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएपछि उनीहरू निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *