छहरे–टोखामा दुर्घटनामा घाइतेको पहिचान खुल्याे

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १५, शुक्रबार ०६:४४

नुवाकोट, जेठ १५ — काठमाडौं जोड्ने छहरे–टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्ज्याङ क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।यद्यपि प्रहरीले जारी गरेकाे प्रेस नाेटमा उनी अचेल तर गम्भीर घाइते भनेकाे छ ।त, स्थानीयले उनकाे निधन भएको बताएका छन् ।


बिहीबार साँझ करिब ६:१५ बजे नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.ए.ई ०५६९ नम्बरको विद्युतीय कार अनियन्त्रित भई सडकबाट झन्डै २०० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी र गुर्जेभञ्ज्याङस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले तत्काल उद्धार अभियान सञ्चालन गरेको थियो।


गहिरो भीरमा खसेको सवारीबाट घाइतेलाई निकाल्न प्रहरी र स्थानीयलाई कठिनाइ भएको बताइएको छ। संयुक्त प्रयासपछि घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।


दुर्घटनामा सिराहाको सुखीपुर नगरपालिका–२ निवासी करिब ३५ वर्षीय संजिव कुमार चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। उनी गम्भीर अवस्थामा रहेका थिए।


घाइतेमध्ये सुनसरीको इनरुवा नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–८ बस्दै आएका करिब ४० वर्षीय उत्सव पोखरेलको खुट्टामा चोट लागेको छ। त्यसैगरी काठमाडौं महानगरपालिका–९ गौरीघाट निवासी करिब ४५ वर्षीय लोकेश मिश्रको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको काठमाडौंमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *