आज सार्वजनिक हुँदै बजेट — मध्यम वर्ग, उपभोग वृद्धि र साना लगानी प्रोत्साहनमा सरकारको जोड

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १५, शुक्रबार १०:०८


काठमाडौं सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज आर्थिक वर्ष २०८३/०८४ का लागि संघीय बजेट प्रस्तुत गर्दैछन्। शुक्रबार अपराह्न ४ बजे बस्ने संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिनेछ।


यसअघि बजेट संघीय संसदको निर्माणाधीन नयाँ भवनको हलबाट प्रस्तुत गरिने चर्चा भए पनि अन्तिम तयारी पुरानै संसद् परिसरमा केन्द्रित गरिएको जनाइएको छ।


झन्डै दुई-तिहाइ बहुमतसहित सरकारमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको यो पहिलो पूर्ण बजेट भएकाले यसको प्राथमिकता र प्रभावलाई विशेष चासोका साथ हेरिएको छ। विशेषगरी मध्यम वर्गको आर्थिक दबाब, रोजगारी, कर संरचना र उपभोग क्षमतामा बजेटले कस्तो राहत दिन्छ भन्ने विषय प्रमुख बहसमा रहेको छ।


अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी बजेट कम आय भएका वर्गको आम्दानी विस्तार गर्दै उपभोग क्षमता बढाउने रणनीतिमा केन्द्रित रहनेछ। प्रत्यक्ष तथा अप्रत्यक्ष करको बोझ सीमित गर्ने, सानो पुँजीबाट गर्न सकिने लगानीलाई प्रोत्साहन गर्ने, बचत तथा उद्यमशीलता बढाउने कार्यक्रम ल्याइने तयारी गरिएको छ।


सरकारले उत्पादन, रोजगारी र निजी क्षेत्रको मनोबल सुधारलाई समेत बजेटको मुख्य उद्देश्य बनाएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *