काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो ३६औँ स्थापना दिवसका अवसरमा काठमाडौँको चाबहिलस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको छ।
स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा पार्टीको झन्डोत्तोलन गरिएको थियो भने नेता, कार्यकर्ता र शुभेच्छुकहरूबीच शुभकामना आदानप्रदान समेत भएको थियो। कार्यक्रममा सहभागीहरूले पार्टीप्रतिको प्रतिबद्धता व्यक्त गर्दै उत्साहपूर्ण वातावरणमा स्थापना दिवस मनाएका थिए।
कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो। उनीहरूले संगठन विस्तार, आगामी राजनीतिक रणनीति तथा पार्टीलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए।
राप्रपाले स्थापना दिवसलाई संगठनात्मक एकता र आगामी योजनाबारे समीक्षा गर्ने अवसरका रूपमा मनाएको जनाएको छ। कार्यक्रममा सहभागी कार्यकर्ताहरूले एकआपसमा खुसी साटासाट गर्दै पार्टीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्