जेठ १५ शुक्रबार, काठमाडौं । राप्रपाका नेता कमल थापाले राजदूत नियुक्तिलाई खुला प्रतिस्पर्धाको आधारमा गर्न नहुने बताएका छन्। उनले राजदूत पदलाई बैंक तथा व्यावसायिक संस्थाका प्रमुख कार्यकारी अधिकृत जस्तो पदसँग तुलना गर्न नमिल्ने स्पष्ट पारेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले राजदूत नियुक्तिका लागि योग्य, अनुभवी र सक्षम व्यक्तिहरूको ‘सूची’ तयार गरी निष्पक्ष रूपमा नियुक्ति गरिनुपर्ने बताएका छन्।
उनले विशेषगरी भारत, चीन र अमेरिकाजस्ता रणनीतिक महत्त्वका मुलुकहरूमा खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्नु गलत हुने टिप्पणी गरे।
थापाका अनुसार नेपालको राष्ट्रिय हित, कूटनीतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सन्तुलनलाई ध्यानमा राखेर मात्रै राजदूत नियुक्ति गरिनुपर्छ। उनले अनुभव, राजनीतिक समझदारी र अन्तर्राष्ट्रिय सम्बन्धबारे गहिरो ज्ञान भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्