|
२०८३ जेष्ठ १५, शुक्रबार १३:५४
काठमाडौं – उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ।
दुवै पार्टीबीच आज ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एकता प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो। समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार हाम्रो पार्टी नेपालबाट समाहित भएर आउने नेता तथा कार्यकर्तालाई केन्द्रदेखि तल्लो तहसम्म सम्मानजनक जिम्मेवारी र हैसियत प्रदान गरिने उल्लेख गरिएको छ।
साथै, दुवै पक्षबीच संगठनात्मक एकता कायम गर्दै नेता–कार्यकर्ताको छिटो व्यवस्थापन गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।
पार्टी एकतापछि साझा राजनीतिक एजेन्डा र संगठन विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने दुवै पक्षको भनाइ छ।


नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्