फाइल तस्बिर
काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि चार अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री स्वर्णीम वाग्लले संघीय संसदका दुवै सदनमा पेश गर्नुभएको बजेटमा नुवाकोट सहित देशका प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गरिने उल्लेख गर्नुभएको छ । तर, सरकारले खेलकुदमा विनियोजन गरेको बजेट गत वर्षको भन्दा झण्डै आधा हो । गत वर्ष खेलकुद क्षेत्रमा ६ अर्ब आठ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो ।
बजेटमा कणाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना र त्यसपछि मधेश प्रदेशमा आयोजना हुने ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार विकास, मुलपानी, गिरिजा प्रसाद र फाप्ला क्रिकेट मैदानको निर्माण, तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका दशवटा फुटबल रङ्गशालामा फ्लड लाइट जोडिने, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अवकाशपछि आजीवन स्वास्थ्य विमाको सुविधा गराइने जस्ता विषय समावेश छन् ।
यस्तो छ बजेटमा खेलकुद
खेलकुदका पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग आबद्ध गर्दै आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका दशवटा फुटबल रङ्गशालालाई ‘फ्लड लाइट’ प्रगाढ प्रकाश सहित स्तरोन्नति गरिनेछ।
विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा दुई हजार क्षमताका ‘इन्डोर मल्टिपर्पोज स्टेडियम’ ९भित्रिने बहुउद्देश्यीय रङ्गशाला० आगामी तीन वर्षभित्र निर्माण गरिनेछ।
मूलपानी क्रिकेट रङ्गशाला तथा एकेडेमी प्रतिष्ठान, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि ‘डिजाइन’ ९अभिकल्पन० पुनरावलोकन गरी लगानीको ‘मोडालिटी’ ९प्रारूप० तय गरिनेछ।
खेलकुदमा विशेष अभिरुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि नै छनोट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाइनेछ।
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवनयापन गर्न सक्ने गरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ।
९च० सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेश प्रदेशमा प्रस्तावित एघारौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम विनियोजन गरेको छु।
खेलकुद क्षेत्रका लागि रू।४ अर्ब ३ करोड विनियोजन गरेको छु।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्