|
२०८३ जेष्ठ १५, शुक्रबार २०:०४
काठमाडौं, जेठ १६ — सरकारले त्रिदेशीय व्यापारिक तथा रणनीतिक महत्व बोकेको गल्छी–रसुवागढी सडकको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ। संघीय संसदका दुवै सदनमा बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णीम वाग्लेले उक्त जानकारी दिएका हुन्।
नेपाल, भारत र चीनलाई जोड्ने महत्वपूर्ण त्रिदेशीय मार्गका रूपमा रहेको गल्छी–रसुवागढी सडक अहिले चार लेनमा विस्तार गर्ने काम भइरहेको सरकारले जनाएको छ। सडक स्तरोन्नतिसँगै व्यापार, पर्यटन तथा आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।
सरकारले यो मार्गलाई अन्तर्राष्ट्रिय व्यापारिक करिडोरका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ। रसुवागढी नाका हुँदै चीनसँगको व्यापार विस्तार तथा उत्तरी क्षेत्रको आर्थिक गतिविधि बढाउन सडक विस्तार परियोजना महत्वपूर्ण मानिएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्