काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आयकरको नयाँ दर तय गर्दै आम्दानीको स्तरअनुसार प्रगतिशील कर प्रणालीलाई निरन्तरता दिएको छ। नयाँ व्यवस्थाअनुसार वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत आयकर तिर्नुपर्नेछ।
सार्वजनिक गरिएको कर संरचनाअनुसार १० लाखदेखि १५ लाख रुपैयाँसम्मको आयमा थप ५ लाख रुपैयाँमा १० प्रतिशत कर लाग्नेछ। यस्तै, १५ लाखदेखि २५ लाख रुपैयाँसम्मको आम्दानीमा थप १० लाख रुपैयाँमा २० प्रतिशत कर निर्धारण गरिएको छ।
त्यसैगरी, २५ लाखदेखि ४० लाख रुपैयाँसम्म आय हुने व्यक्तिका लागि थप १५ लाख रुपैयाँमा २७ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ। ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने व्यक्तिले भने २९ प्रतिशत आयकर तिर्नुपर्नेछ।
सरकारका अनुसार आयको आधारमा करको दर बढ्दै जाने प्रगतिशील कर प्रणालीलाई कायम राख्दै यो नयाँ व्यवस्था आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउन बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्