५० युनिटभन्दा बढी विद्युत् खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १६, शनिबार १३:०५

काठमाडौं, १६ जेठ —उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारी निर्णय फिर्ता लिन माग गरेका छन्।


सरकारले शुक्रबार प्रस्तुत गरेको बजेटमा ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्तालाई ५ प्रतिशत भ्याट लगाउने व्यवस्था प्रस्ताव गरेको छ। उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै घिसिङले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरेका हुन्।


उनले उक्त कर व्यवस्था आम उपभोक्ताको हितविपरीत रहेको, ऊर्जा रूपान्तरणको लक्ष्यलाई कमजोर बनाउने तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको प्रयोग बढाउने राष्ट्रिय अभियानमा नकारात्मक प्रभाव पार्ने बताएका छन्। घिसिङले सरकारलाई निर्णय पुनर्विचार गरी तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *